उक्त सम्झौताको एक महत्वपूर्ण हिस्साका रूपमा ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलसन्धि) खुला गरिने ट्रम्पले उल्लेख गरे। सम्झौताका अन्तिम पक्ष र विस्तृत विवरणहरूमा हाल छलफल भइरहेको र यसबारे छिट्टै औपचारिक जानकारी सार्वजनिक गरिने उनले बताए ।
यसै सिलसिलामा ट्रम्पले शनिवार दिउँसो खाडी तथा अन्य क्षेत्रीय नेताहरूसँग टेलिफोन संवाद गरी इरानको पछिल्लो प्रस्तावबारे समीक्षा गरेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छुट्टै कुराकानी गरेको र उक्त संवाद अत्यन्त सकारात्मक रहेको जानकारी दिएका छन् ।