याङवरक–२ मेवाखोलामा रहेको मेवाखोला जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्याएको छ भने अरुण काबेली जलविद्युत् आयोजनामा समेत बाढीले असर पुर्याएको बताइएको छ ।
यसैबीच, याङवरक–४ सिगेवामा स्थानीय लालबहादुर माबो, लक्ष्मण माबो, योगेन्द्र माबो र छविलाल पोखरेलको अलैँची बगान तथा खेतीयोग्य जमिनमा बाढी पसेर क्षति पुगेको छ ।
बाढीपहिरोले टीकारामे, डल्लेढुङ्गा र सिगेवा खानेपानी योजना, वाराङ सिँचाइ योजना तथा मेची पहाडी खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।