हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न नेपाल वेयरहाउजिङ्गले बोलायो विशेष साधारण सभा

Oct 03, 2024 10:16 AM Merolagani



नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेड (NWCL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक ७ गते, अमृतभोग क्याटरर, प्रा. लि., कालिकास्थान, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। सो सभा दिउँसो ३ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।