Wed, Aug 05, 2026
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थतन्त्रलाई पुनः गतिशीलता प्रदान गर्न र निजी क्षेत्रको आत्मविश्वास बढाउन बैंकिङ क्षेत्रसँगको सहकार्यलाई अझ सुदृढ गर्नेमा जोड दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा)को ठेक्कामा अनियमितता गरी राजस्व चुहावट गरेको अभियोगमा आयोगले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ ।
अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ।
Merolagani App available in
Download Now FREE