एशियन लाइफका सीईओ दिनेश श्रेष्ठको राजीनामा स्वीकृत, होम बहादुर श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी

Oct 26, 2026 01:40 PM Merolagani



एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीको कात्तिक ८ गते सम्पन्न २२३औँ सञ्चालक समितिको बैठकले दिनेशलाल श्रेष्ठले दिएको राजीनामा कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको थियो।

 त्यसैगरी, अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि नै लागू हुने गरी कामु सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनी सचिव प्रकाश सिंह कठायतका अनुसार नेतृत्व परिवर्तनसम्बन्धी निर्णयबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिस्ट्रारको कार्यालयलगायत सम्बन्धित नियामक निकायलाई औपचारिक जानकारी गराइसकिएको छ।

 




६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।