६२ कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिए धेरै, कुन क्षेत्र अगाडि?

Oct 25, 2026 09:53 AM Merolagani



नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरूलाई लाभांश घोषणा गर्ने क्रम तीव्र बनाएका छन्। सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।

वाणिज्य बैंक क्षेत्र: सिद्धार्थ र नबिल अगाडि

नेपालका वाणिज्य बैंकहरूमा सिद्धार्थ बैंक र नबिल बैंकले उच्च प्रतिफल घोषणा गरेका छन्। सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। यस्तै, नबिल बैंकले ५ प्रतिशत बोनस र १० दशमलव ८ प्रतिशत नगदसहित कुल १५ दशमलव ८ प्रतिशत लाभांश घोषणा गरेको छ।

एभरेस्ट बैंकले १५ प्रतिशत (५ प्रतिशत बोनस र १० प्रतिशत नगद) तथा ग्लोबल आइएमई बैंकले १० प्रतिशत (६ प्रतिशत बोनस र ४ प्रतिशत नगद) लाभांश घोषणा गरेका छन्। सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने भएको छ भने एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। माछापुच्छ्रे बैंकले ६ प्रतिशत (३ प्रतिशत बोनस र ३ प्रतिशत नगद), नागरिक बैंकले ४ प्रतिशत र कुमारी बैंकले २ दशमलव १०५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

विकास बैंक र वित्त क्षेत्र

विकास बैंकहरूतर्फ गरिमा विकास बैंक र कामना सेवा विकास बैंकले आकर्षक लाभांश घोषणा गरेका छन्। गरिमा विकास बैंकले १० प्रतिशत बोनस र १० प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश दिने भएको छ भने कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत (१० प्रतिशत बोनस र ६ प्रतिशत नगद), साङ्ग्रिला डेभलपमेन्ट बैंकले १० दशमलव ५२६ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेका छन्।

वित्त (फाइनान्स) क्षेत्रतर्फ मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ भने आइसिएफसी फाइनान्सले १० दशमलव ५२ प्रतिशत नगद लाभांश दिने भएको छ।

जलविद्युत् क्षेत्र: माउन्टेन इनर्जी र कुथेली बुखरीको उच्च प्रतिफल

जलविद्युत् समूहका कम्पनीहरूमा माउन्टेन इनर्जी नेपालले २० प्रतिशत बोनस र १ दशमलव०५३ प्रतिशत नगदसहित कुल २१ दशमलव०५३ प्रतिशत लाभांश घोषणा गरी अग्रस्थान ओगटेको छ। यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस र ० दशमलव ९४७ प्रतिशत नगद गरी कुल १८ दशमलव ९४७ प्रतिशत लाभांश घोषणा गरेको छ।

अन्य जलविद्युत् कम्पनीहरूमा सुपर मादी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरले समान १५ दशमलव ७८९ प्रतिशत, कालिञ्चोक दर्शनले ८ दशमलव ९४ प्रतिशत, सिकलेस हाइड्रोपावरले १३ दशमलव ३७५ प्रतिशत, र सानिमा मिडल तमोर हाइड्रोपावरले ५ दशमलव २६३ प्रतिशत लाभांश घोषणा गरेका छन्।

उत्पादनमूलक तथा लघुवित्त क्षेत्र

उत्पादनमूलक समूहअन्तर्गत रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश घोषणा गर्दै उच्च प्रतिफल दिएको छ। नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६ दशमलव ०५२ प्रतिशत नगदसहित २१ दशमलव ०५२ प्रतिशत तथा सर्वोत्तम सिमेन्टले १० दशमलव ५२ प्रतिशत लाभांश दिने निर्णय गरेका छन्।

लघुवित्त क्षेत्रमा फर्स्ट माइक्रोफाइनान्सले ११ दशमलव ०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने गुराँस लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले क्रमशः १० प्रतिशत र ९ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेका छन्। लगानी क्षेत्रको नेपाल पूर्वाधार बैंक (निफ्रा) ले ५ दशमलव २६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

सामूहिक लगानी कोष (म्युचुअल फन्ड)

सामूहिक लगानी कोषहरूमा राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फन्ड १ ले २० प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ। त्यस्तै हिमालयन ८०-२० ले १५ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड २ र ३ ले समान १३-१३ प्रतिशत, प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डले समान १२-१२ प्रतिशत तथा ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ ले १२ प्रतिशत प्रतिफल घोषणा गरेका छन्।

अन्य योजनाहरूमा सिटिजन सुपर ३० ले १२ दशमलव ७५ प्रतिशत, कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाले समान १०-१० प्रतिशत तथा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ ले १० प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन्।




शेयर बजारबाट कसरी पैसा बनाउने?

Oct 23, 2026 05:47 PM

अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये पूँजी बजार मुख्य आकर्षणको क्षेत्र हो। आम लगानीकर्ताहरूले शेयर बजारलाई आम्दानीको बलियो स्रोतका रूपमा लिने गरेका छन्।