एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डको स्वीकृति

Nov 04, 2026 12:15 PM Merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एनआईसी एशिया बैंक लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत कात्तिक १७ गते बैंकको हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत गरेको हो।

बोर्डको स्वीकृतिसँगै एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरूलाई १:०.५० को अनुपातमा (अर्थात् हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता) हकप्रद सेयर जारी गर्नेछ। यसअनुसार बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याउनेछ। यस निष्कासनमार्फत बैंकले कुल ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको पूँजी परिचालन गर्ने भएको छ।

बैंकको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेड (NIMB Ace Capital Limited) ले पाएको छ।

बोर्डको सञ्चालक समितिबाट निर्णय पारित भई यसबारे औपचारिक पत्र जारी हुने क्रममा रहेको छ। नियामकबाट पत्र प्राप्त भएपछि बैंकले शेयर निष्कासनको मिति, बुक क्लोज तथा आवेदन प्रक्रियाको विस्तृत विवरण सार्वजनिक गर्नेछ। हकप्रद निष्कासनपश्चात् बैंकको पूँजीगत आधार थप मजबुत हुनेछ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।