काठमाडौंमा बालबालिका र अभिभावकका लागि ‘हेलोविन र्‍याभ’ आयोजना हुँदै

Oct 28, 2026 12:56 PM Merolagani



काठमाडौंमा बालबालिका र अभिभावकलाई लक्षित गर्दै ‘टाइनी सोसल क्लब हेलोविन र्‍याभ’ आयोजना हुने भएको छ। आगामी शनिबार, अक्टोबर ३१ मा सानेपास्थित इन्टरनेसनल क्लबमा कार्यक्रम आयोजना हुन लागेको हो।

दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने कार्यक्रममा संगीत, नृत्य, आकर्षक पोसाक, खेल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा बालबालिकाका लागि विशेष डीजे प्रस्तुति, पोसाक प्रदर्शन तथा प्रतियोगिता, बाउन्सी क्यासल, फेस पेन्टिङ र कटन क्यान्डीजस्ता आकर्षण रहनेछन्। साँझ पर्दै जाँदा कार्यक्रम अभिभावक तथा वयस्कहरूका लागि समेत सामाजिक भेटघाट र मनोरञ्जनको अवसरमा परिणत हुने जनाइएको छ।

श्रद्धा शाह, आयुषा कार्की र रशिका शेरचनद्वारा स्थापना गरिएको टाइनी सोसल क्लबले बालबालिका र अभिभावकले एकैसाथ रमाइलो गर्न सक्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार कार्यक्रममार्फत बालबालिकाले आफ्नो बाल्यकालको रमाइलो अनुभव गर्न पाउनेछन् भने अभिभावकले पनि परिवारसँग गुणस्तरीय समय बिताउन सक्नेछन्।

कार्यक्रमका लागि टिकट सीमित संख्यामा उपलब्ध रहेको र टिकट बुकिङ गर्न इच्छुकले इन्स्टाग्राममा  @tinysocialclub.co  मा सन्देश पठाउन सक्ने आयोजकले जनाएको छ।