मेरोलगानीले चैत ३० गते एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

Apr 02, 2025 02:51 PM Merolagani



शेयर बजार सम्बन्धि बढ्दो चासो र जिज्ञासालाई मेटाउन सर्वसाधारणकै माग अनुसार मेरो लगानीले पुनः एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्ने भएको छ।

शेयर बजारको अहिलेको अवस्थामा लगानीकर्ताले प्राविधिक ज्ञान लिएर आफ्नो जोखिम व्यवस्थापन गर्दै नोक्सानीलाई न्यूनिकरण गर्न र नाफा कमाउन चाहने लगानीकर्तालाई लक्षित गरी उक्त तालिम आयोजना गर्न लागिएको हो।

उक्त तालिम चैत ३० गते शनिबार मेरो लगानीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा हुनेछ। तालिम बिहान ८ बजेदेखि २ बजेसम्म चल्नेछ। उक्त सेसनमा लामो समयदेखिका अनुभवी प्राविधिक विश्लेषक सन्तोषसिंह लिङ्देनले प्राविधिक विश्लेषण सम्बन्धि तालिम दिनेछन् भने शेयर बजारको अवस्थाको विषयमा समेत विस्तृत छलफल हुनेछ।

यसअघि मेरो लगानीले आधा दर्जन बढी एकदिने प्राविधिक विश्लेषणसम्बन्धि तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।

उक्त तालिममा सहभागी हुनको लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। सो शुल्कमा सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर र अनलाइन स्टक ट्रेनिङ्ग सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा सीमित सिट रहेकोले सहभागीता जनाउन शीघ्र रजिष्ट्रर गर्नुपर्नेछ।

तालिममा सहभागी हुनको लागि सर्वसाधारणले https://merolagani.com/webinar.aspx मा गई रजिष्ट्रर गर्नु पर्नेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।