एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM Merolagani



एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत अर्थात ६ करोड २५ लाख ६६ हजार ४४८ का दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

बैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।