नाफासँगै घट्यो इमर्जिङ्ग नेपालको प्रतिशेयर आम्दानी

May 12, 2025 09:51 AM Merolagani



इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ८६ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.८५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३४.८६ प्रतिशत घटेको छ भने अन्य श्रोतबाट भएको आम्दानी ५६.३५ प्रतिशत घटेको छ। कम्पनीको अन्य सञ्चालन आम्दानी भने ६.८९ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ६१ पैसा घटेर २ रुपैयाँ ७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५८३.३६ गुणा रहेको छ।

५५ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड १९ लाख रुपैयाँ सञ्चित छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।