प्रि ओपन सेसन अपडेटः साढे ४ अंक घट्यो नेप्से

Jul 09, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ०.१४ अंक घटेर २६८३.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.४९ अंक घटेर २६७९.३७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४८ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ३७ स्टकको ८६ पटकको कारोबारमा ४ करोड ८२ लाख २५ हजार ३७१ रुपैयाँ २० पैसाबराबरको ८३ हजार ९९३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।