एनआरएन इन्फ्रास्ट्रक्चरले वर्णबास म्यूजियम होटलमा लगानी गर्दै

Jul 14, 2025 12:21 PM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्यूजियम होटलमा लगानी गर्ने भएको छ । कम्पनीले होटलमा जारी पूँजीको ९.०९ प्रतिशत (संस्थापक शेयर मध्येको १४.२ प्रतिशत) स्वामित्व रहने गरी लगानी गर्ने भएको हो ।

कम्पनीको असार २८ गते शनिवार बसेको सञ्चालक समितिको बैठकले सो होटलमा लगानी गर्ने निर्णय गरेको थियो । सो निणर्य अनुसार एनआरएन र वर्णबास होटलबीच असार २९ गते शेयर खरिद बिक्री सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अनुसार एनआरएनले वर्णबास होटलको १० लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले १२ करोड ५० लाख रुपैयाँमा खरिद भएको छ । साथै होटलको सञ्चालक समितिमा एनआरएनको तर्फबाट न्यूनतम एकजना सञ्चालकको प्रतिनिधित्व हुने सम्झौता भएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।