Mon, Jul 14, 2025
राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र परेका छन् । नेपाल प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।
सेवाग्राहीहरूले परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसेपछि मात्रै आफूहरूले सर्भर नचलेको जानकारी पाएको गुनासो गरिरहेका छन् ।
चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।