मन्त्री गुप्तालाई हटाउन ‘साइत’ कुर्दै प्रधानमन्त्री, साँझ देउवासँग निर्णायक वार्ता, ५ जना बाहेक सबै मन्त्री धरापमा !

Jul 14, 2025 03:00 PM mero lagani



प्रधानमन्त्री केपी शर्मा ओलीले ७८ लाख घुस डिल अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई वर्खास्त गर्ने निष्कर्षमा पुगेका छन् ।

तर, उनले सोमबार दिउंसोसम्म उनलाई हटाएका छैनन्, बरु यही बेला मन्त्री परिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवासंग छलफल गरेर निर्णय गर्न लागेको ओली निकट स्रोतहरुले जानकारी दिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बजेट पास भए लगत्तै मन्त्रीपरिषद् पुनर्गठन बारे देउवासंग छलफल गरेका थिए । त्यतिबेला देउवाले एमालेबाट सहभागि मन्त्रीहरु फेर्दा आफूलाई आपत्ती नहुने तर, कांग्रेसबाट सहभागि मन्त्रीहरु परिवर्तन नहुने जानकारी दिएपछि मन्त्रीपरिषद् पुनर्गठनमा ओली हच्चिएका थिए । अहिले मन्त्री गुप्ताको घुस प्रकरण सार्वजनिक भएपछि उनी एक्लैलाई हटाउनुको साटो मन्त्री परिषद् नै पुनर्गठन गर्ने सोंचमा ओली पुगेका छन् । स्रोतका अनुसार ओलीले अहिलेका मन्त्रीहरु मध्ये ३,४ जना बाहेक अरु सबैलाई हटाउने र नयाँ मन्त्री नियुक्त गर्ने बारेमा देउवालाई सहमत बनाउने प्रयासमा छन् । स्रोतका अनुसार देउवाले स्वीकार गरे उपप्रधानमन्त्री द्धय प्रकाशमान सिंह र विष्णु पौडेल तथा परराष्ट्र मन्त्री डा. आरजु राणा, भौतिक योजनामन्त्री देवेन्द्र दाहाल र शिक्षा मन्त्री रघु पन्तवाहेक अरु मन्त्रीहरुको पद धरापमा पर्नेछ ।

अहिलेका मन्त्रीहरु मध्ये मन्त्री गुप्तासहित उर्जामन्त्री दीपक खड्का, श्रमन्त्री शरतसिंह भण्डारी, भूमिसुधार मन्त्री बलराम अधिकारी, गृहमन्त्री रमेश लेखक, पर्यटन मन्त्री बद्री पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी विभिन्न प्रकरणमा मुछिएका छन् भने कृषि मन्त्री रामनाथ अधिकारी, महिला मन्त्री नोबेल किसोर सुडी, बन मन्त्री ऐनबहादुर शाही लगायतका मन्त्रीहरुको कार्य क्षमतामाथि प्रश्न उठ्दै आइरहेका छ ।

मन्त्री गुप्तालाई संरक्षण नगर्ने टुंगोमा पुगिसकेका प्रधानमन्त्री ओलीले विवादास्पद र कार्यक्षमता कमजोर भएका अन्य मन्त्रीहरुलाई एकमुष्टरुपमा विदा गर्नु पर्ने निष्कर्षमा पुगेका छन् । त्यसको लागि आजै देउवासंग ‘वान टु वान’ वार्ता गर्ने, त्यसपछि सत्तारुढ दलहरुको बैठक गरेर मन्त्री परिषद पुनर्गठनबारे औपचारिक सहमती गर्ने तयारी भैरहेको छ । आजै साँझ मन्त्रिपरिषद बैठक पनि आयोजना गरिएको छ । वैठकमा प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुनर्गठन गर्न लागेको बारेमा मन्त्रीहरुलाई जानकारी दिने र पुनर्गठनबाट बाहिरिने मन्त्रीहरुलाई अन्यथा नलिन आग्रह गर्दै धन्यवाद दिनसक्ने बताइएको छ । देउवाले अत्तो नथापेमा भोली वा पर्सीसम्ममा नै मन्त्रीपरिषद् पुनर्गठन गर्ने सोंचसहित ओलीले एमालेबाट बन्ने नयाँ मन्त्रीहरुको बारेमा समेत आन्तरिक तयारी गरिसकेको प्रधानमन्त्री निकट स्रोतको दावी छ । ‘मन्त्री गुप्तालाई तत्कालै नहटाउनु वा राजिनामा दिन नलगाउनुको कारण पनि त्यही नै हो । वास्तवमा प्रधानमन्त्रीले केही वाहेक सबै मन्त्री हटाउने साइत हेरिरहनु भएको छ’ उक्त स्रोतले मेरो लगानीसंग भन्यो ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।