अध्यक्ष प्रचण्डले भने, “अहिले फेरि नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भैरहेको छ । के अहिलेको सरकार लाइसेन्स लिन तयार रहेका कम्पनीहरुको प्रकृया रोकेर भ्रष्टाचार रोक्न तयार छ ? सम्माननिय सभामुख महोदय यो प्रश्न निकै गम्भिर छ । र म यो सम्मानित सदन समक्ष अहिलेको प्रकृया रोकेर भ्रष्टाचार रोकेर नयाँ लाइसेन्स वितरणको प्रकृया अघि बढाउन आग्रह गर्छु ।”