हिमालय इभी प्रालिले सस्तो मूल्यमा मिनि इभी कार नयाँ मोडलमा उपलव्ध गराएको छ । जसको मूल्य ११ लाख रुपैयाँभन्दा कम मूल्यमै खरिद गर्न सकिनेछ ।

सहरी क्षेत्रको यात्राको लागि उपयुक्त हुने एनयू ब्राण्डको ‘सनसाइन’ नामक मिनी कार बिक्रीको लागि उपलब्ध भएको छ । यसको मूल्य १० लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
यस प्रकारको मिनी कारमा ५ वटै ढोका रहनेछन् । चालकसहित ४ जनाले आरामदायी यात्रा गर्न सक्ने क्षमताको मिनी कार बजारमा आएको छ । उक्त मिनि इभी कारको लम्बाइ २९५० एमएम, चौडाइ १५२० एमएम र उचाइ १६२० एमएम छ ।
एनयू ब्राण्डले सनसाइन मोडलमा १९३० एमएम लामो ह्वीलवेस प्रयोग गरेको छ । यसमा १२ इन्चका ह्वील र १५० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीको भनाइ छ ।
मूल्यको हिसावले उत्कृष्ट लाग्ने मिनी कारमा १० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई पावर दिन ६ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । एनयू सनसाइन कारको अधिकतम गति ४८ किलोमिटर प्रतिघण्टा मात्रै छ । साथै, यसको सिंगल चार्ज रेन्ज १०० किलोमिटरसम्म रहेको कम्पनीको रहेको छ । यसमा इनर्जीको लागि ब्याट्रीसँगै ब्याट्री चार्ज गर्न पेट्रोल जेनेरेटर उपलब्ध छ ।