शेयर बजारमा हरियाली छाउन साउन नै कुर्नु पर्ने हाे?

Jul 14, 2025 05:38 PM Merolagani



सोमबारको बजार घटेको छ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढीरहेको नेप्सेमा नाफा सुरक्षित गर्ने हावी हुँदा घटेर बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ भने ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । पछिल्लो पटक बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढेको थियो । आजको बजारमा यिनै समूहमा सर्वाधिक नाफा सुरक्षित भएको छ ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले बैंकहरुको व्यवसाय वृद्धि गर्ने नीति लिने अपेक्षा सहित बढेको थियाे । समग्रमा लचक मौद्रिक नीति आएको छ । निरन्तर बढेको बजारमा राम्रोसँग बढेका कम्पनीमा नाफा सुरक्षित हुँदा बजारमा दवाव परेको लगानीकर्ताको बुझाई रहेको छ ।

अर्को तर्फ असार मसान्तको दवाव बजारमा परेको छ । यो अवस्थामा लगानीकर्ताहरु ब्रोकरको लिमिटबाट कारोबार गर्न पाएका हुँदैनन । उधारोबार किनिएको शेयर पनि ब्रोकरले सेटलमेन्ट गर्नैपर्ने बाध्यता भएकाले बजारमा दवाव परेको हुनसक्ने अनुमान गरिएको छ । सोमबारको घटाइलाई लगानीकर्ताहरु सामान्य रुपमा लिएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएपछि बजारले पुनः सकारात्मक गति लिनेमा लगानीकर्ताहरु आशावादी भएका हुन । साउन लागेसँगै मौद्रिक नीति कार्यान्वयन हुने र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थाल्ने लगानीकर्ताहरुको बुझाई छ ।




९ बैंकको नाफा बढ्याे, जेठसम्म वाणिज्य बैंकको खुद नाफा झन्डै ५४ अर्ब

Jul 13, 2025 05:52 PM

चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको छ । २० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन् जबकि गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।