नेपाल बीमा प्राधिकरणमा दुई जना अध्यक्ष !

Jul 17, 2025 02:56 PM mero lagani



बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई अर्थमन्त्रालयले निलम्बन गर्यो । त्यसपछि नयाँ अध्यक्षको रुपमा सहसचिव सेवन्तक पोख्रेलले कार्यभार सम्हाली सकेका छन् । 

त्यसको अर्थ ओझा अब प्राधिकरणको अध्यक्ष होइनन, निवर्तमान अध्यक्ष मात्रै हुन् ।

तर, बिमा प्राधिकरणको वेभसाइडलाई आधार मान्ने हो भने प्राधिकरणमा अहिले पोख्रेल र ओझा दुवै जना अध्यक्ष छन् । वेभसाइटको होम पेजमा अध्यक्ष पोख्रेलको तस्विरसहितको फोटो छ भने ‘स्टाफ प्रोफाइल’ भित्र अध्यक्ष शरद ओझा भनेर उल्लेख छ । त्यहाँ पोख्रेलको नामो निशान छैन ।

यो कुरा धेरैको लागि सामान्य प्राविधिक कमजोरी लाग्न सक्छ । तर, बिमा प्राधिकरण जस्तो नियामक निकायले आफ्नै अध्यक्ष को हुन् भन्ने बारेमा त समयमा ‘अपडेट’ गर्दैन, दिंदैन र साँच्चै नै दुई जना नै अध्यक्ष नै छन् कि भन्ने जस्तो गरि वेभसाइटमा जानकारी राख्छ भने अन्य सूचनाहरुको बारेमा खेलबाड गर्दैन । सही समयमा सही सूचना सार्वजनिक गर्छ भनेर कसरी विश्वास मान्ने ? प्रश्न उठेको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।