आजदेखि ‘खल्ती र आइएमई पे’ बीच एकीकृत सेवा सुरु, अब ‘खल्ती बाइ आइएमई’ एपबाट कारोबार गर्न सकिने

Jul 17, 2025 03:23 PM merolagani



खल्ती वालेट र आइएमई पेबीच आजबाट एकीकृत सेवा सञ्चालनमा आएको छ । दुवै डिजिटल वालेटबीच मर्जर भइ आजबाट खल्ती बाई आइएमई एपबाट कारोबार गर्न सकिने भएको हो ।

दुवै डिजिटल वालेटको एकीकृत कारोबारको शुभारम्भ बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भव्य रुपमा सम्पन्न भएको छ । होटल याक एण्ड यतिमा भएको सेवा शुभारम्भ कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाललगायतका व्यवसायी तथा प्रतिनिधिको उपस्थिति थियो ।

एकीकृत सेवा सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि ढकालले दुवै डिजिटल वालेटको मर्जरले डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

 

एक दशकदेखि विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका दुइ वालेटको एकीकृत कारोबारले प्रयोगकर्ताहरुले आफ्नो एप अपडेट गरी डिजिटल भुक्तानीको नयाँ अनुभव समेत लिन सक्ने उनको भनाइ थियो ।

आइएमई ग्रुपमा प्रवन्ध निर्देशक हेमराज ढकालले पनि दुवै वालेटको एकीकृत सेवाले प्रयोगकर्तालाई भुक्तानी र कारोबारमा सहजता आउने बताए ।

कार्यक्रम नेपाल राष्ट्र, विभिन्न वाणिज्य बैंक, व्यवसायी, सेवा प्रदायकका कर्मचारी तथा प्रतिनिधिहरुको समेत सहभागीता थियो । दुवै वालेटको एकीकृत कारोबार सुरु भएसँगै खल्ती र आइएमई पेका प्रयोगकर्ताहरु खल्ती बाइ आइएमई पेमा माइग्रेट हुन सक्नेछन् । यस प्रक्रियामार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरु नयाँ एपमा स्थानान्तरण हुन सक्नेछन् । खल्तीका प्रयोगकर्ताहरुले चाँहि आफ्ना एम अपडेट गरी कारोबार सञ्चालन गर्न सक्नेछन् ।

 




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।