धेरै हात मिलाउंदा अमेरिकी ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी

Jul 18, 2025 05:45 PM mero lagani



संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी (Chronic Venous Insufficiency - CVI) नामक रोग धेरै जना मानिससँग हात मिलाउँदा लागेको राष्ट्रपतिको कार्यालयले बताएको छ । 

उनको एउटा हातमा घाउ र डाम देखिने तस्बिरहरू सार्वजनिक भएपछि सञ्चारमाध्यममा ट्रम्पको स्वास्थ्यस्थितिबारे अनेकौँ अनुमान गरिएको थियो।

त्यसबारेमा स्पष्ट पार्दै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बारम्बार हात मिलाएका कारण तन्तुहरूमा क्षति पुगेकोले तथा एस्पिरिन सेवन गरेका कारणले ट्रम्पमा त्यस्तो समस्या देखिएको बताएकी छन् ।

लेभिटले यो रोग ७० वर्षभन्दा माथिका व्यक्तिहरूमा हुने गरेको बताउँदै ट्रम्पको खुट्टाको परीक्षण नसामा रगत जम्ने वा धमनीसम्बन्धी कुनै गम्भीर रोगको प्रमाण नदेखिएको जानकारी दिएकी छन्।

ट्रम्प अहिले ७९ वर्षका भए। उनले आफ्नो स्वास्थ्य निकै राम्रो भएको दाबी गर्दै आएका छन्।

चिकित्सकहरुका अनुसार क्रोनिक भेनस इन्सफिसिएन्सी एउटा यस्तो रोग हो जसमा खुट्टाका नसाहरू (veins) ले रगतलाई मुटुसम्म राम्ररी फर्काउन सक्दैनन् । यसको मुख्य कारण नसा भित्रका भल्भहरू कमजोर वा बिग्रनु हो, जसले गर्दा रगत खुट्टामै जम्मा हुन्छ र सुन्निने, दुख्ने वा भारी महसुस हुने जस्ता लक्षणहरू देखिन्छन्




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।