जमघट चियाले शुरू गर्याे टिकटक प्रतियाेगिता, प्रथम पुरस्कार २१ हजार रूपैँया

Jul 20, 2025 11:59 AM merolagani



झापा जिल्लाकाे बाहुण्डागीका हात्ती प्रभावित किसानद्वारा उत्पादित जमघट चियाकाे बजार प्रवर्धनका लागि टिकटक प्रतियाेगिता शुरू गरिएकाे छ ।

स्थानीय स्तरमा उत्पादित,प्रशोधित तथा प्याकेजिङ्ग गरिएको प्रिमियम सिटिसि जमघट चिया चखाउने उद्देश्यले टिकटक प्रतियाेगिता शुरू गरिएकाे जमघट चिया उत्पादक कम्पनी चिया संसार प्रालिका महाप्रवन्धक सचिन निराैलाले जानकारी दिए । उनका अनुसार टिक टक भिडियो प्रतियोगिता जित्नेका लागि पुरस्कार दिइने छ ।  साउन १ गतेबाट भदौ १३ गतेसम्म पठाएको भिडियोलाई मात्र मान्यता दिइने निराैलाले बताए। प्रथम पुरस्कार एकाईस हजार, दाेश्राे पुरस्कार  एघार हजार र तेस्रो पुरस्कार सात हजार राखिएकाे छ । प्रतियाेगिताका लागि निम्न बमाेजिकका शर्त राखिएकाे छ ।
 
शर्तहरु :
१. सहभागीले जम घट चियामा आधारित ३० सेकेन्ड देखि १ मिनेट सम्मको सट भिडियो बनाउनु पर्ने छ।
२.भिडियो सृजानात्मक,रमाईलो र मौलिक हुनुपर्ने छ।
३.सहभागीले वनाएको भिडियोमा अनिवार्य जम घट चियाको प्याकेट देखिनु पर्ने छ।
४.यो कार्यक्रममा जुन सुकै उमेर समुहको ब्यक्तिले सहभागी हुन सक्ने छन ।
५.सहभागीले आफनो टिकटक अकाउन्ट मार्फत अपलोड गरिएको भिडियो टिकटक बाट डाउनलोड गरि ९८१६००८५२१ What app नम्बरमा पठाउनु पर्ने छ । र उक्त भिडियोलाई कम्पनीले आधिकारीक फेस बुक पेजमा क्रम सख्या मिलाई भिडियो प्राप्त हुन साथ अपलोड गरिने छ र उक्त भिडियो को अभिनय,प्रस्तुति,शेयर ,लाईक,भ्यु को मुल्याकनको आधारमा उत्कृष्ठ प्रथम,द्रोस्रो र तेस्रो छनोट गरिने छ । कम्पनीले गरेको निर्णय नै अन्तिम निर्णय हुने छ ।
६. साउन १ गतेबाट भदौं १३ गते सम्म पठाएको भिडियोलाई मात्र मान्यता दिईने छ।
७. यस कार्यक्रमको नतिजा भदौं २१ गते सार्वजनिक गरिने छ ।
८. कम्पनीले प्रतियोगितामा आएका कुनै पनि भिडियो लाई प्रसार प्रसारका लागि प्रयोग गर्न सक्ने छ साथै माथि उल्लेखित शर्तहरु पुरा नगरेका भिडियोहरु अपलोड गरिने छैन ।

९ जमघट चिया तपाईको नजिकैको किराना पसल,मार्ट ,अनलाईन(www.chiyasansar.com.np)वा कम्पनीमा सम्पर्क गरि खरिद गर्न सक्नु हुने छ । दुइ केजी भन्दा माथिको खरिदमा डेलेवेरी खर्च फ्रि हुनेछ ।
 



दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।