खासगरी, ऊर्जाक्षेत्रको नियामकीय निकाय विद्युत् नियमन आयोगले उपभोक्ताको गुनासो तथा सेवासम्बन्धी समस्या समाधान गर्न आगामी आर्थिक वर्ष २०८२ र ८३ मा तीन तहमा आधारित गुनासाे सनुवुाई संयन्त्त्र विकास गर्ने लक्ष्य लिएको हो ।
पहिलो तहमा, उपभोक्ताको गुनासाे पहिल नै सम्पर्क विन्दुका रूपमा विद्युत् सेवा प्रदायकले काम गर्नेछ । यसरी, सामान्य तथा तत्कालीन गनुासोलाई सेवा केन्द्रबाटै समाधान हुनेछ ।
त्यस्तै दोस्रो तहमा, सेवा प्रदायकबाट सन्त्तोजनक समाधान प्राप्त नभएका वा कुनै जटिल प्रकृतिका गुनासोहरू उपभोक्ता गुनासो समाधान मञ्चमा प्रस्ततु हुनेछन्।
त्यसैगरी, तेस्रो तहमा, समाधान नभएका मुद्धाहरु विद्युत् नियमन आयोगमार्फत औपचारिक विवाद समाधान प्रक्रियामा प्रवेश गराइ गुनासोको समाधान गर्न सकिने आयोगले जनाएको छ ।