मार्जिन सेवा खुला गरिए पनि ब्रोकरले सेवा नदिने, तत्काल बोर्डले केही व्यवस्था गर्नै पर्ने सर्त, बोर्ड छलफलमा

Jul 22, 2025 06:23 PM merolagani



सुवास निरौला

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४, संशोधन गर्‍यो। गत असार ३२ गते बोर्डले उक्त नियमावलीको छैटौँ संशोधन गरेको हो।

बोर्डले नियमावलीको नियम २७ मा संशोधन गरेको छ। मूल नियमावलीको नियम २७ को,(१) उपनियम (१) को खण्ड (ग) को सट्टा देहाय वमोजिम खण्ड  (ग) राखेको छ। जसमा  “(ग)खण्ड (क) बमोजिमको कार्य गर्ने धितोपत्र दलालले सम्बन्धित ग्राहकको नामबाट ग्राहकको सेवा नियमावली आदेश अनुसार धितोपत्र खरिद वा बिक्री गर्न, प्रचलित धितोपत्रको केन्द्रीय निक्षेप र धितोपत्रको बमोजिम निक्षेप सदस्यले गर्ने कार्य गर्न,मार्जिन कारोबार सम्बन्धी कार्य गर्न राफसाफ सदस्य सम्बन्धी कार्य गर्न सक्नेछ।” भनिएको छ।

यस अघि सीमित कार्य गर्ने ब्रोकरले मार्जिन सेवा दिन नपाउने व्यवस्था थियो। तर संशोधित नियमावलीले सीमित कार्य गर्ने ब्रोकरलाई पुन मार्जिन सेवा उपलब्ध गराउन योग्य ठहर्‍याएको छ। पाँचौँ संशोधन अघि सबै ब्रोकरले मार्जिन सेवा उपलब्ध गराउन योग्य थिए। तर पाँचौँ संशोधनले ब्रोकरको वर्गीकरण गरेको थियो। जसले गर्दा सीमित कार्य गर्ने ब्रोकर कम्पनीहरू मार्जिन सेवा दिन अयोग्य बनेका थिए।

छैटौँ संशोधनले सबै ब्रोकर कम्पनीलाई मार्जिन सेवा दिन योग्य बनाए पनि ब्रोकर कम्पनी भने अझै उक्त सेवा दिने अवस्थामा छैनन्। ब्रोकर कम्पनीहरूले नीतिगत रुपमा केही व्यवस्था नगरिदिएसम्म उक्त सेवा उपलब्ध गराउन नसक्ने बताएका छन्।“छैटौँ संशोधनले फेरि ब्रोकर कम्पनीहरू मार्जिन सेवा दिनको लागि याेग्य गरायो। तर अझै केही नीतिगत व्यवस्था नभएसम्म ब्रोकर कम्पनीले मार्जिन सेवा सुरु गर्ने अवस्था छैन” स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष सन्तोष मैनालीले मेरो लगानी सँग भने।

मैनालीका अनुसार सबैभन्दा पहिले ब्रोकर कम्पनीले मार्जिन सेवा दिन फण्डको आवश्यकता हुन्छ। मार्जिन सेवा दिनको लागि ब्रोकरको फण्ड पर्याप्त छैन। त्यसको लागि जसरी गाडी बेच्नेले बैंकबाट ऋण लिएर अरूलाई ऋणमा गाडी बेच्छ वा लघुवित्त कम्पनीले बैंकबाट ऋण लिएर अरूलाई ऋण प्रवाह गर्छन्। त्यसैगरि ब्रोकर कम्पनीले पनि बैंकबाट लोन  लिएर लगानी गर्ने वातावरण निर्माण गर्नु पर्छ। जसको लागि नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंक सँग समन्वय गरेर उक्त व्यवस्था गराउनु पर्छ।

दोस्रोमा मार्जिन सेवा दिनेको छुट्टै खाता खोल्नु पर्ने नियम छ। तर नेप्सेको सिस्टमले एउटै ब्रोकर कम्पनीबाट एकै व्यक्तिको दुई खाता खोल्न दिँदैन। त्यसलाई नेप्सेले के कसरी मिलाउने हो त्यो मिलाउनु पर्छ।

तेस्रोमा मार्जिन सेवामा ऋण दिने कम्पनीको सूचि नेप्सेले सार्वजनिक गर्ने भनिएको छ। जसरी बैंक वित्तीय संस्थाले कुन कम्पनीमा शेयर धितो ऋण दिने भन्ने  कुरा नेपाल राष्ट्र बैंकले तोक्दैन। बैंक वित्तीय संस्थाकै तजबिजीमा छोडिदिएको छ। त्यसैगरी कुन कम्पनीमा ऋण दिने भन्ने कुरा पनि ब्रोकर कम्पनीको तजबिजमा नै छोडिदिने व्यवस्था गर्नु पर्छ।

ब्रोकर कम्पनीले राखेका माथि उल्लेखित सर्त पुरा भए ब्रोकर कम्पनीले तत्कालै सेवा सुचारु गर्न सक्छन्। अन्यथा ब्रोकर कम्पनीलाई मार्जिन सेवा दिन खुला गरिए पनि त्यसको कुनै औचित्य नहुने बताइएको छ।

उता धितोपत्र बोर्डले भने मार्जिन सेवा सुचारु गराउन छलफल गरिरहेको बताएको छ। के कति बाधा छन् तिनलाई सम्बोधन गरेर यथाशक्य चाँडो सेवा सुचारु गराउने तर्फ बोर्डले काम गरिरहेको बोर्डको भनाई छ।“मार्जिन सेवा सुचारु गराउन बोर्डले छलफल गरिरहेको छ। के कति बाधा छन् तिनलाई फुकाएर जति सक्दो चाँडो सेवा सुचारु गराउने तर्फ बोर्डले काम गरिरहेको छ ”बोर्डका प्रवक्ता निरन्जय घिमिरेले भने।      




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।