बजारबाट कमाउन चार गुणा बढी टार्गेट राख्नु पर्छ

Jul 22, 2025 07:16 PM Merolagani



पछिल्लो समय शेयर बजार निरन्तर रुपमा बढेको छ । यो बढाइले लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ । मंगलबारको बजार ८०.९७ अंकले बढेर २९७३.७० विन्दुमा पुगेको छ । यस दिन २० अर्ब ८ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ ।

बजारमा नीतिगत सहजता आएसँगै बजारमा उत्साह आएको हो । गतवर्षको यसै अवधिमा पनि बजार यस्तै विन्दुमा रहेको थियो । तर उक्त विन्दुमा टिक्न सकेन र झण्डै एक वर्षको साईडवयज रहेर बजार पुनः बढ्नको लागि सुरु गरेको छ । यो विन्दुमा बजार केही समय स्थिर रहन सक्याे भने बलियो र दीगो बुल हुने जानकारहरुको बुझाई छ ।

बजारमा घट्नु बढ्नु सामान्य हो । बजार निरन्तर बढ्नु भन्दा केही समय स्थिर भएर शक्ति बनाएर बढे राम्राे मानिन्छ। तर शेयर बजारमा अनुशासन कायम गरियो भने बजारले जुनसुकै समयमा लाभ लिन सकिने प्रविधिक विश्लेषक बिनोद महर्जनले बताए । बजारमा जिस्कने ठाँउ होईन । बजारमा लगानी गरिएको छ भने प्रविधिक नियमहरू अपनाउनु पर्नेमा महर्जनकाे जोड छ । बजारमा लगानी गर्दा कमाउने मात्रै होईन गुमाउन पनि तयार हुनु पर्छ । तर आम्दानीको लागि चार गुणा बढी कमाउने टार्गेट राख्नु पर्ने उनको भनाइ छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।