सुनको मूल्यमा भारि वृद्धि, चाँदीको मूल्य दैनिक रेकर्ड ब्रेक

Jul 23, 2025 10:45 AM Merolagani



साउन ७ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला छ दिनदेखि सुनको मूल्य निरन्तर बढ्दाे क्रममा रहेकाे छ ।

यस दिन चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । आज बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले निरन्तर एक पछि अर्कोदिन रेकर्डलाई ब्रेक गरेर नयाँ उचाई कायम गर्दै बढेको हो ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।