शेयर बजारमा हुने उचारचढाब अनुसार लगानीकर्ताको मनोभावना बनेको हुन्छ । अहिलेको बजारमा देखिएको निरन्तरकाे बढाइले लगानीकर्ता नयाँ उचाई पुग्नेमा ढुक्क छन् । बजार निरन्तर बढिरहनु पर्छ भन्ने लगानीकर्ताको मनस्थिती बनेको छ । तर बजारले सानो तिनो विश्राम लिदै बलियो आधार बनाएर बढ्यो भने दीगो हुने बताउँछन् प्राविधिक विश्लेषक बिनोद महर्जन । तीनै विश्लेषक महर्जनसँग सुधा देवकोटाले गरेको कुराकानीः
झण्डै एक वर्षको अन्तरालमा बजारमा बजार पुनः तीन हजारको विन्दु वरपर पुगेको छ । अब बजारले नयाँ उचाई पार गर्ने सम्भावना कति छ ?
समग्रमा बजार बुल नै हो । विगतका हाम्रो कुराकानीमा पनि यस्तै कुरा गरेको थिए । जब बजारले १८ सय वरपरको विन्दुबाट बढ्न सुरु गर्यो । तीन हजारको विन्दुको अवरोधमा पुग्दा बजार द्रुत गतिमा बढेको थियो । बजारको त्यो गतिले सोही समयमा बजार तीन हजारको विन्दु पार गर्न सक्दैन भन्ने कुराको संकेत गरिसकेको थियो । सोही कुरा तपाईसँग पनि यसै कार्यक्रम मार्फत भनेको थिए । गत वर्षको बढाईमा नै बजारले ३ हजारको विन्दु पार गर्न नसक्नुमा स्मार्ट मनीले ठूलो मात्रामा शेयर बिक्री गरेका थिए ।
स्मार्ट मनी वा संस्थागत लगानीकर्ताले बिक्री गरेको शेयर आम लगानीकर्तामा गयो । उनीहरु लामो समयदेखि ट्रयापमा छन् । त्यसपछि पनि बजारले धेरै समय खर्चिसकेको छ । यहाँ मानविय संवेदना यस्तो हुन्छ की आफ्नो सावाँ आएपछि बजारबाट निस्कने ती ट्रयाप भएर बसेकाहरु कहिले मेरो लगानी उठ्ला र उक्त शेयर बिक्री गर्ने भनेर पर्खेर बसेका हुन्छन् । हो यो विन्दु धेरै महत्वपूर्ण हुन्छ । जब पहिले शेयर डम्प गरिएको अवरोध क्षेत्रमा रिटेलरहरुको सप्लाई आउँछ । त्यो सप्लाई संस्थागत लगानीकर्ता तथा स्मार्ट मनी खान तयार भयो भने बजार बलियो छ भन्ने कुरा बुझाएको हुन्छ ।

यो ३ हजारको विन्दुलाई रिअकुमुलेसन जोनको रुपमा लिएका हुन्छौं । शेयरको रिअकुमुलेसन हुँदैछ भने बजारमा बढ्ने उर्जा संचित गर्दैछ । रि अकुमुलेसनको शक्ति प्राप्त भएपछि बजारले पुनः परिक्षण गर्छ । यो विन्दुको परिक्षण गर्दा विगतमा ३ हजारको विन्दु पुग्दा करिब ३० अर्बको शेयर कारोबार भएको थियो । यस वर्ष मात्रै २० अर्बको कारोबार भएको छ । बजारमा आएको कारोबार रकम बजारलाई बढाउने उर्जा हो । यो विन्दुबाट माथि जानको लागि अहिलेको कारोबार रकम अपर्याप्त छ । यद्यपि यो अवरोधलाई कमजोर बनाउन पुगेको हो । ३ हजारको उचाई पार गरेर जानको लागि उर्जा पुगेको छैन । यदी यस्तै त्यो विन्दु पार गर्यो भने सो बढाई दीगो हुदैन । सूचक दीगो रुपमा बढ्को लागि माथिल्लो विन्दु पार गर्नु पूर्व राम्रो शक्ति प्राप्त गरेर बढ्नु पर्छ । यो विन्दु्मा बजारले केही समय खर्चियो र संस्थागत र स्मार्ट मनीको लगानी बढ्यो भने बजारको उचाई धेरै माथि छ ।
बजारमा सबै कुरा सकारात्मक देखिएको छ । आम लगानीकर्ताको मनोभावना पनि बजार बढ्छ भन्नेमा छ । तर बजारमा करोबार रकम बढाउनको लागि मनोभावना मात्रै पर्यात हुँदैन ?
हामी बजारलाई संस्थागत र रिटेलरको दृष्टिकोणबाट हेरेका हुन्छौं । संस्थागत र रिटेलरहरुले शेयर मूल्य र करोबार रकमले नै प्रतिकृया जनाउने हो । यदि बजारले सो अबधिमा मुभ दिन्छ वा सन्तुलनता बनाएको छ त्यहा स्मार्ट मनीले राम्रो भुमिका निर्वाह गरेको छ भन्ने कुरा बुझाएको हुन्छ । यदि कारोबार रकम राम्रो आएन भने अझ माथि बढ्न पर्याप्त छैन भन्ने कुराको संकेत गरेको हुन्छ । यसमा सूचकसँगै करोबार रकमको पनि राम्रो साथ रहनु पर्छ । कारोबार रकम नबढेको होइन । ६ देखि १० अर्बको कारोबार हुँदै आएको रकम २० अर्ब पुगेको छ । तर विगतको उचाई करिब ३० अर्बको रकम आएको थियो । सोही विन्दुलाई पार गर्नको लागि प्रर्याप्त नहोलाकी भन्ने कुरा हो ।
लगानीकर्ताको मनोभावनाको मात्रै कुरा गर्ने हो भने बजार थोरै अंकले बढ्ना साथै उत्साहित भएको पाइन्छ । बजार कुन अवस्थामा र कस्तो चरणमा छ भन्ने बारेमा आम लगानीकर्ताले ख्यालै गरेको हुदैन । सूचक बढेको मात्रै देखिन्छ । थोरै बढ्ना साथै लगानीकर्तामा फेयर अफ मिसिङ आउट जस्तो फोमो देखिन थालेको हुन्छ । बजार बढेको बढ्यै हुन्छ भन्ने किसिमसँग सोचेको हुन्छ । बजारको गति जाँड खाएको मान्छेको जस्तो हुन्छ । बजार उतारचढाव हुँदै बढ्ने हो । यो भनेको बजार बढ्छ अनि करेक्सन हुन्छ ।
बजारले यदि यसैगरी बढेर उचाई कायम गर्यो र करेक्सन लिदा बजार दीगो हुन्छ वा उचाई बनाउनु पूर्व लिएको करेक्सन राम्रो हुन्छ ?
मैले अघि पनि भनेको छु । बजार निरन्तर बढेको छ । कारोबार रकमको राम्रो सर्पोट भएन र बजारले उचाई बनायो भने दीगो हुँदैन । दीगो हुनको लागि बजार बढ्नु अगाडि नै तयार हुनु पर्छ । करेक्सन भएर बिश्राम गर्दै बढ्यो भने दीगो हुन्छ । होइन यसै बबल भयो भने दीगो हुँदैन । पुनः सो विन्दुबाट तल झर्ने सम्भावना रहेको हुन्छ ।
यो चरणको बढाईमा स्मार्ट मनीले स्मार्टल्ली भूमिका र्निवाह गरेको छ । यसमा मैले तीन चरणमा हेरेको छु । सानो दैनिक एक कारोबार दिनको करेक्नसबाट पार गर्दै अब तेस्रो ३ हजारको विन्दु अर्को अवरोधको क्षेत्र बनेको छ । बिगतको ३ हजारको विन्दु भनेको स्मार्ट मनीको सप्लाई दिएको अबरोध हो । त्यो विन्दुमा बजारले परिक्षण गर्न सक्ने छ । बजार बढ्नु छ । ३ हजारको विन्दु होस वा ३२ सयको विन्दु बजारमा आएको सप्लाईलाई स्मार्ट मनीले खाँदै बढ्नु पर्छ । यदि स्मार्ट मनीले सबै सप्लाई खान सकेन भने थोरै करेक्सन हुन सक्छ । यसो भन्दै गर्दा धेरै तरल होइन । हाससालै रहेको पान्ट अफ इन्ट्रेसलाई पुन टेस्ट गरेर फेरि बढ्ने छ ।
बजारले तत्काल नयाँ उचाई बनाउने सम्भावना बढ्यो भने बजारको ऐतिहासिक उचाईलाई प्रविधिक दृष्टिकोणले कसरी विश्लेषण गर्न सकिन्छ ?
शेयर बजारमा सफल हुनको लागि आम लगानीकर्ताको बुझाई भन्दा फरक बुझाई हुनुपर्छ । धेरै लगानीकर्ताहरु बजारमा भने सुनेको कुराबाट प्रभावित भएको पाइन्छ । तर त्यस्तो कुराबाट फरक सोच्न सक्ने हुनु पर्छ । किनभने स्मार्ट मनीले बजारमा आएका हल्लामा नै खेल्ने हो । विगतमा पनि ३ हजारको विन्दुमा हुँदा बजार ३२ सय पुग्छ केक काट्ने हो भन्ने जस्ता हल्ला गरिएको थियो । यसको भइरहेको हल्ला भन्दा बजारले फरक किसिमले प्रतिकृया जनाएको हुन्छ । हामीले सुरुमा यस्तो माइन्ड सेट गर्नुपर्छ अनि मात्रै बजारको गतिलाई बुझ्न सकिन्छ । बजारले दिएको प्रतिकृयालाई अध्ययन गर्न सक्नु पर्छ । यस्तै कुराको विश्लेषण गरेर लगानीका रणनीति बनाउनु पर्छ ।