बुधबारको बजार ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ । यस दिन १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । विगत लामो समयदेखिको साइडवयजमा रहेको बजारमा रौनकता सुरु हुन थालेको हो । यो अवधिमा बजारमा सिजनल कारोबारीलगायतका लगानीकर्ताहरुको सकृयता रहेको हुन्छ ।
त्यसैगरी, सम्बन्धित नियामक निकायहरुले लिएका नीतिगत व्यवस्थाले पनि लगानीकर्तालाई उत्साहित बनाएको हो । पछिल्ला कारोबारको गतिविधिलाई हेर्दा लगानीकर्ताहरु सेक्टरल रोटेसनमा कारोबार गर्न सुरु गरेको संकेत देखिएको छ । केहि दिनदेखि बैंक तथा वित्तीय संस्थाहरुमा लगानीकर्ताको आकषर्ण रहेको थियो ।
मंगलबारदेखि उत्पादन तथा प्रशोधन समूहलगायत बढ्न बाँकी भएका कम्पनीहरु चल्मलाउन थालेका छन् । यसले कारोबारमा रहेका सबै समूहगत सन्तुलन्ता कायम हुने र ठूलो अंकको उचारचढाव हुने खतरा पनि कम हुने बुझाई छ । बजार बुल गतिमा नै छ । बजारमा सानो तिनो करेक्सन आउने र पुनः बढ्ने प्रकृया भएपनि लगानीकर्ता डराउनु पर्ने छैन । अहिलेको बजारमा शेयर बिक्री गरेर निस्कन्छु वा थारै नाफा सुरक्षित गर्ने नीति लिइयाे भने बुलको स्वाद चाख्न नपाइने बिज्ञहरुकाे भनाइ छ ।