संसद्‍मा प्रधानमन्त्री ओलीलाई १० प्रश्न: बन्द अवस्थाका ७ वटा सरकारी उद्योग पुनः सञ्चालनको प्रक्रिया थालिएकाेलगायतका १० जवाफ (पूर्णपाठ)

Jul 23, 2025 05:06 PM Merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै १० जना सांसदले उठाएका विभिन्न विषयमा जवाफ दिएका छन्। उनको जवाफ मुख्यतया देशको विकास निर्माण, सुशासन, युवा रोजगारी र संक्रमणकालीन न्याय जस्ता महत्त्वपूर्ण सवालहरूमा केन्द्रित थियो।

सांसदहरूले युवा पलायन, बन्द उद्योग, कर्णालीको विकास, भूकम्प पुनर्निर्माण, हुलाकी राजमार्ग, भ्रष्टाचार नियन्त्रण र शान्ति प्रक्रियाको बाँकी कामलगायतका विषयमा प्रश्न सोधेका थिए।

जवाफका क्रममा प्रधानमन्त्री ओलीले युवालाई स्वदेशमै रोजगारी दिन ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरिएको, बन्द अवस्थाका ७ वटा सरकारी उद्योग पुनः सञ्चालनको प्रक्रिया थालिएको र कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए।

प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्‍नहरूमाथि प्रधानमन्त्री ओलीकाे जवाफ





दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।