रुसी अन्वेषकहरुले सार्वजनिक गरेको भिडियोमा घना जङ्गल क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ। अधिकारीहरुका अनुसार, दुर्घटनामा कोही पनि जीवित रहेको तत्काल कुनै सङ्केत देखिएको छैन।
‘टिन्डा विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दोस्रो पटक घुमेको थियो, त्यसपछि सम्पर्क टुटेको हो,’ कार्यालयले भनेको छ। दुर्घटनाको कारणबारे तत्काल केही खुलाइएको छैन र घटनाको अनुसन्धान भइरहेको छ।
तास समाचार एजेन्सीले उक्त विमान करिब ५० वर्ष पुरानो भएको रिपोर्ट गरेको छ।