भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किर स्टारमरले सम्झौतालाई ऐतिहासिक भन्दै त्यसले दुई देशबीचको आर्थिक सम्वन्ध थप प्रगाढ बनाएको दावी गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले सम्झौताले भारतीय कपडा, जुत्ता, आभुषण र गहना, समुद्री खाना र इन्जिनियरिङ सामानहरूको साथै भारतका कृषि उत्पादन र प्रशोधन गरिएका खाद्य उद्योगका लागि बेलायतको बजारमा नयाँ अवसरहरू सिर्जना हुने बताए । हाल बेलायतले हरेक वर्ष २३ अर्ब डलरभन्दा बढी यस्ता उत्पादनहरू आयात गर्छ । त्यति ठूलो बजार अब भारतीय उत्पादनले सहजरुपमा प्राप्त गर्नेछ ।
अर्कातिर, भारतका चिकित्सा उपकरणजस्ता बेलायत निर्मित उत्पादनहरूलाई भारतीय बजार प्रवेशमा सहजता दिलाउनेछ । त्यस्तै आइटीको क्षेत्रमा पनि दुवै देशले सहकार्य गर्ने उक्त सम्झौतामा उल्लेख छ ।