बजारले साउन भित्रै ३२ सय पार गर्छ !

Jul 24, 2025 06:52 PM Merolagani



शेयर बजारले बढ्दो गतिको निरन्तरता आज पनि दिएको छ । पछिल्ला ८ कारोबार दिनदेखि बजारले बढ्दो गतिलाई निरन्तरता दिएको हो ।

बिहीबारको बजार ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ । यसदिन १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । यो बढाईले लगानीकर्ताहरुलाई उत्साहित बनाएको छ ।

निरन्तर दोहोरो अंकले बढेको बजारमा पछिल्ला केही कारोबार दिनदेखि इन्ट्रा डे करेक्सन हुदै सामान्य अंकको बढोत्तरी भएको छ । गतवर्षको यसै अवधिमा पनि बजार सोही विन्दु वरपर रहेको थियो । यो विन्दु बजारले परिक्षण गर्नका लागि पनि सुचकमा ठूलो अंकको वृद्धि नभएको लगानीकर्ताहरुको बुझाई छ ।

यो विन्दुमा सन्तुलन कायम गराउन सके बजारमा दीगो बुल सुरु हुने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए ।अब केहि दिन ३ हजार वरपरको विन्दुलाई परिक्षण गरेर साउन महिनामा नै ३२ सयको उचाई पार गर्ने ढकालको ठम्याइ छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।