अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशत र अन्य सञ्चालन आम्दानी २६.७५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.९२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९३६.१३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ५३ पैसा बढेर २५ रुपैयाँ ७२ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ।
३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ६२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ३१ करोड ५२ रुपैयाँ कर्जा लगानी गरेको छ।
