चितवनको नारायणगढमा साउन १० देखि १४ गतेसम्म गरी ५ दिन विभिन्न कार्यक्रमहरुका साथ एनुअल ब्रान्च म्यानेजर्स कन्फरेन्स २०८२ कार्यक्रम सम्पन्न भएको हो ।
देशैभरीका ११५ शाखाबाट शाखा प्रमुखहरु र केन्द्रीय कार्यालयबाट व्यवस्थापन समूहको कार्यक्रममा सहभागीता रहेको थियो । सो अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष प्रसाईले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सीईओ प्रसाईले सबैको मिहिनेतले गत आर्थिक वर्ष २०८१–८२ मा व्यवसाय बृद्धिका हिसाबले नेपाली बीमा क्षेत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सको अब्बलता सावित गर्नुहुने सबै शाखा प्रमुखहरु, कर्मचारीहरु, अभिकर्ताहरु, व्यवस्थापन समूह, संचालक समितिलगायतलाई धन्यवाद व्यक्त गरे ।
कम्पनीलाई विश्वास गरी बीमा गर्नुहुने सम्पूर्ण बीमितहरुलाई धन्यवाद व्यक्त गर्दै उनले विश्वासलाई जिम्मेवारीको रुपमा ग्रहण गरेको बताए । त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को व्यवसायी लक्ष्य र उक्त लक्ष्य हासिल गर्ने कम्पनीको रणनीति प्रस्तुत गर्दै सोही अनुसार अगाडि बढ्न निर्देशन दिए।
उत्कृष्ट कार्य सम्पादनका आधारमा विभिन्न विधामा कर्मचारीहरूलाई अवार्ड, प्रमाण पत्र सहित सम्मान गरीएको थियो । कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले स्वागत मन्तब्य व्यक्त गरेका थिए। कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को अझ सशक्त र आक्रमक बजार विस्तार गर्ने व्यवसायीक रणनीतिको बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा एनएलपी कोच मिन घलेले जीवन बीमा व्यवसायका समस्या, सो को समाधान, व्यवसाय विस्तारको कार्यगत रणनीतिका बारेमा व्यवहारीक तालिम प्रदान गरेका थिए । कार्यक्रममा कलाकार तथा कम्पनीका ब्राण्ड एम्बेष्डर मनोज गजुरेलको मनोरञ्जनात्मक प्रस्तुती रहेको थियो ।