मेरो लगानीले साउन ३१ गते एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

Aug 01, 2025 12:43 PM Merolagani



के बुल सकिएकै हो त? अब करेक्सन हो कि डाउनट्रेण्ड? बजार कहिले बाउन्स ब्याक हुन्छ? यस्तै प्रश्नहरु अहिले धेरै लगानीकर्ताहरुको मनमा चलिरहेको छ।

यी प्रश्नहरुको जवाफ सामाजिक सञ्जालमा खाज्नेको जमात धेरै छ। सामाजिक सञ्जालमा अरुले भनेको आधारमा लगानी गर्दा नाफाभन्दा बढी जोखिम र तनाव बढ्ने गर्दछ। त्यसैले, आफै विश्लेषण गरी लगानी गर्दा यी दुबै कम हुन्छ। तर, आफै विश्लेषण कसरी गर्ने? यही प्रश्नमा रुमलिरहेका लगानीकर्ताहरुका लागि अब मेरोलगानीले एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दैछ।

शेयर बजारको अहिलेको अवस्थामा प्राविधिक ज्ञान लिएर आफ्नो जोखिम व्यवस्थापन गर्दै नोक्सानीलाई न्यूनिकरण गर्न र नाफा कमाउन चाहने लगानीकर्तालाई लक्षित गरी उक्त तालिम आयोजना गर्न लागिएको हो।

उक्त तालिम साउन ३१ गते शनिबार मेरो लगानीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा हुनेछ। तालिम बिहान ८ बजेदेखि २ बजेसम्म चल्नेछ। उक्त सेसनमा लामो समयदेखिका अनुभवी प्राविधिक विश्लेषक सन्तोषसिंह लिङ्देनले प्राविधिक विश्लेषण सम्बन्धि तालिम दिनेछन् भने शेयर बजारको अवस्थाको विषयमा समेत विस्तृत छलफल हुनेछ।

यसअघि मेरो लगानीले एक दर्जन बढी एकदिने प्राविधिक विश्लेषणसम्बन्धि तालिम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

तालिममा शेयर बजारमा लगानी गर्नको लागि प्राविधिक रुपमा कसरी योजना बनाउने भन्ने विषयमा विस्तृत रुपमा छलफल समेत हुनेछ।

उक्त तालिममा सहभागी हुनको लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। सो शुल्कमा सहभागीहरुले एक महिनाको लागि टेक्नीकल न्युजलेटर र अनलाइन स्टक ट्रेनिङ्ग सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। तालिममा सीमित सिट रहेकोले सहभागीता जनाउन शीघ्र रजिष्ट्रर गर्नुपर्नेछ।

तालिममा सहभागी हुनको लागि सर्वसाधारणले https://merolagani.com/webinar.aspx मा गई रजिष्ट्रर गर्नु पर्नेछ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।