गत साता प्रवर्तन निर्देशनालय (ईडी) ले उनी अध्यक्ष रहेको रिलायन्स इण्डिष्ट्रिजमा छापा मारेको थियो, त्यसक्रममा अम्बानीले करिब ३० अर्ब रुपैँया घोटाला गरेको पुष्टि भएको दावी गरेको थियो ।
अम्बानीले यो अनियमितता करिब ६ वर्ष अगाडि अर्थात् सन् २०१७ देखि २०१९ को बीचमा गरेको निर्देशनालयको छानबिनबाट खुलेको छ । निर्देशनालयले जुलाई २४ देखि २७ तारिखसम्म अम्बानीसँग सम्वन्धित विभिन्न उद्योग तथा व्यवसायहरुमा छापा मारेको थियो ।
त्यही आधारमा अम्बानीलाई आगामी मंगलबार बयानको लागि निर्देशनालयले आफ्नो कार्यालयमा उपस्थित हुन शुक्रबार बोलाएको छ । उनको बयान चित्त नबुझेमा उनी गिरफ्तार हुन सक्ने बताइएको छ ।
६६ वर्षिय अनिल अम्बानी भारतका सबैभन्दा धनी मुकेश अम्बानीका सहोदर भाई हुन् । अनिल केही वर्षदेखि गम्भिर आर्थिक समस्याबाट गुज्रिरहेको र पछिल्लो समय उनले आफ्नो ऋण व्यवस्थापन गरिरहेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।