ब्याज आम्दानी बढेपछि एनएमबि लघुवित्त नाफामा

Aug 08, 2025 06:34 AM Merolagani



एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको यस लघुवित्त, गत आर्थिक वर्ष नाफामा पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष लघुवित्त ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा थियो।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्त नाफामा पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६१.८३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशत र कुल सञ्चालन आम्दानी ५९.२२ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष ६ करोड ८८ लाख रुपैयाँ धनात्मक भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तले ३ करोड ५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेका कारण सञ्चालन मुनाफा र खुद नाफा धनात्मक भएको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। गत असार मसान्तसम्ममा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।

७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।