सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क करिब २३ प्रतिशत बढ्यो, नाफा कति?

Aug 13, 2025 10:54 AM Merolagani



सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्मा २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २२.८६ प्रतिशत बढेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा भने १२.५३ प्रतिशत घटेको छ। गत अघिल्लो आर्थिक वर्ष ४६ करोड ९ करोड रुपैयाँ खुद नाफा कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा घटेर १५ रुपैयाँ ३७ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४ठ.२३ गुणा रहेको छ।

२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५५ करोड रुपैयाँ जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।