गत साता झिनो अंक घटेको नेप्से, यस साता के होला?

Feb 01, 2026 06:00 AM Merolagani



गत साता नेप्से परिसूचक झिनो अंक घटेको थियो। अघिल्लो साता २७१४.६१ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.०२ प्रतिशत अर्थात ०.५६ अंक घटेर २७१४.०५ विन्दुमा बन्द भएको थियो।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो।

टेवा क्षेत्र नजिक

अघिल्लो साता २६४५ देखि २६९० सम्मको प्रतिरोध तोडेर उक्लिएको नेप्से हाल सोही क्षेत्र नजिक झरेको छ। सो क्षेत्र हाल नेप्सेको टेवा क्षेत्र हो। आगामी दिनमा नेप्सेले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिएमा सोही क्षेत्रमा टेवा पाउनेछ। यद्यपि, यस साता नेप्से उकालो लागेमा भने २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साप्ताहिक रुपमा गत साता नेप्सेले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। यसले गत साताको सुरुवातमा खरिदकर्ता बलियो रहेपनि अन्त्यतिर भने बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ। जसले आगामी दिनमा बजारमा रिभर्सल हुने अर्थात घट्न सक्ने संकेत गर्दछ। साताका अन्तिम कारोबार दिन पनि नेप्सेले रातो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १४ अर्ब ७ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ८ अर्ब ५८ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६३.९८ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने यी दुबै रेखाहरु र हिस्टोग्राम सकारात्मक क्षेत्रमा रहेका छन्। यद्यपि साताको अन्त्यतिर यी दुई रेखाहरुबीचको दूरी र हिस्टोग्रामको उचाई घट्दो क्रममा रहेको छ। यसले गत साता नेप्से बुलिश प्रवृत्तिमा रहेपनि अन्त्यतिर बुलिश सेन्टिमेन्ट घट्न थालेको संकेत गर्दछ ।

खरिद चाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनबाट न्यूट्रल जोनतर्फ झरिरहेको छ। यसले गत साता बजारमा खरिदचाप घट्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।