भारतमा जनवरीमा मात्रै साढे ४ लाख कार बिक्री, मारुती सुजुकीका सबैभन्दा बढी

Feb 03, 2026 12:48 PM merolagani



सन् २०२६ को जनवरीमा भारतीय बजारमा साढे ४ लाख कार बिक्री भएका छन् । भारतीय अटो कम्पनीहरुका अनुसार, एक महिनाको अवधिमा सो संख्यामा प्यासेन्जर कार बिक्री भएका हुन् ।

जनवरी महिनामा सर्वाधिक बिक्री हुनेमा मारुती सुजुकीले पहिलो स्थान ओगटेको छ । उक्त ब्रान्डको एसयूभी जनवरीमा सर्वाधिक २ लाख ३६ हजार ९६३ युनिट बिक्री भएको छ। यो गत वर्षको जनवरीको तुलनामा १२ प्रतिशत बढी हो।

त्यस्तै, दोस्रो स्थानमा हुन्डाईले ७३ हजार १३७ युनिट कार बिक्री गरेको छ । त्यस्तै, टाटा मोटर्सले ७० हजार २२२ युनिट सवारी बिक्री गरेकाे छ । अन्य ब्राण्डको पनि बिक्रीमा सुधार आएको छ । बिक्रीका हिसावले शिर्ष १० मा चार ब्राण्डका कार परेका छन् । मारुती, टाटा, महिन्द्रा र हुन्डाईका मोडलहरू रहेका छन् । जसमा ६ वटा एसयूभी, दुई ह्याचब्याक, एउटा सेडान र एउटा एमपीभी रहेका छन् ।

भारतमा जनवरीमा टाटा नेक्सन सर्वाधिक बिक्री हुने कार बनेको छ । एक महिनामा नेक्सन २३ हजार ३६५ युनिट बिक्री भएको छ । यो आइसीई र ईभी दुवैको संख्या हो । त्यस्तै, दोस्रोमा मारुती स्वीफ्ट डिजारे १९ हजार ६२९ युनिट, तेस्रोमा टाटा पन्च १९ हजार २५७ युनिट, चौथामा हुन्डाई क्रेटा १७ हजार ९२१ युनिट र पाँचौंमा मारुती एर्टिगा १७ हजार ८९२ युनिट रहेको छ ।

त्यसैगरी, छैटौंमा मारुति स्वीफ्ट १७ हजार ८०६, सातौंमा मारुती ब्रेजा १७ हजार ४८६, आठौंमा मारुती बलेनो १६ हजार ७८२, नवौंमा महिन्द स्कर्पियो १५ हजार ५४२ र दशौंमा मारुती भिक्टोरियस १५ हजार २४० युनिट बिक्री भएको भारतीय अटो कम्पनीहरुले जनाएका छन् ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।