इन्फ्रा इन्भेष्टमेन्ट कम्पनी र ब्लुओक फिनभेष्ट कम्पनी बीच मर्जर सम्झौता

Feb 03, 2026 08:45 AM Merolagani



इन्फ्रा इन्भेष्टमेन्ट कम्पनी र ब्लुओक फिनभेष्ट कम्पनी एक आपसमा मर्ज हुने भएका छन्। काठमाडौँको कालीमाटीमा रहेको आरकेडी होल्डिङ्गसको केन्द्रीय कार्यलयमा इन्फ्रा इन्भेष्टमेन्टका अध्यक्ष राम प्रसाद पाध्या र ब्लुओकका अध्यक्ष रीता शर्माले एक समारोहका बिच हिजो सम्झौतामा हस्ताक्षर गरेका थिए।

एकीकृत कम्पनीको प्रबर्धन आरकेडी होल्डिङ्गसको सहयोगमा हुनेछ। कार्यक्रममा आरकेडी होल्डिङ्गसका अध्यक्ष रामचन्द्र शर्मा, ग्रुप सिईओ बसन्त शर्मा, लगानीकर्ता एवं त्रिकाल हाईड्रो पावर कम्पनीका सञ्चालक राम बहादुर घिमिरे, लगानीकर्ता सरुण जोशी, किरण सोनार र लक्ष्मी रिजालको पनि उपस्थिति थियो।

इन्फ्रा इन्भेष्टमेन्ट कम्पनी वैदेशिक कुटनैतिक नियोगहरुमा काम गर्ने नेपाली परिवारहरुद्वारा प्रबर्धित कम्पनी हो। संयुक्त राष्ट्र संघ लगायातका संस्थामा विदेशका विभिन्न स्थानमा काम गरिरहेका व्यक्तित्वहरुको परिवारहरु मिलेर प्रबर्धन गरिँदै आएको उक्त कम्पनीले नेपालमा अनुभवी कम्पनीसँग काम गर्न खोजी गरिरहेको थियो। ब्लुओक फिनभेष्ट कम्पनी, आरकेडी होल्डिङ्गसको मुख्य लगानीकर्ता कम्पनी हो जसले विशेषगरि आरकेडी होल्डिङ्गसमा लगानी गर्ने मुख्य लगानीकर्ताहरु समेट्छ। ब्लुओक फिनभेष्ट कम्पनीले पनि आफ्नो दायरालाई विश्वव्यापीकरण गर्ने अवसरको रुपमा मर्जरलाई लिएको बुझिएको छ। मर्जर पश्चात कम्पनीको नाम ब्लुओक फिनभेष्ट प्रा.लि. रहने, तत्काल चुक्ता पूँजी ४० करोड रुपैयाँ हुने र अनुमानित बुकभ्यालु १७० रुपैयाँ हुने बताइएको छ। मर्जरपछि कम्पनीले शतप्रतिशत व्यवस्थापन महिलाहरुको नेतृत्वमा गर्ने र एक नमुना कम्पनीको रुपमा अगाडी बढ्ने बताईएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।