भारि गिरावटपछि फेरि बढ्याे सुन र चाँदीको मूल्य

Feb 03, 2026 11:02 AM Merolagani



माघ १९ गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेको हो । पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको थियो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यस दिन चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।