प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको शेयर लिलाम बिक्री आजसम्म मात्रै

Feb 03, 2026 11:12 AM merolagani



प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको शेयर लिलाम बिक्री आजसम्म मात्रै हुने भएकाे छ ।

कम्पनीले २०८२ कार्तिक ०९ गतेदेखि २०८२ मङ्सिर १५ गतेसम्म १ : १.३४ का दरले हकप्रद शेयर निष्कासन गरेको थियो ।

उक्त समयमा अवितरित भई जगेडामा रहेको हकप्रद शेयर कम्पनीले लिलाम बिक्रीमा राखेको थियो । प्रति शेयर न्युनतम् मूल्य रु ७५/– (अक्षरेपी पचहत्तर) का दरले बढाबढमा राखेको थियो ।

जगेडा शेयर कम्पनीले २०८२ माघ ०६ गतेदेखि ४३ लाख १७ हजार ५० कित्ता अवितरित हकप्रद शेयर खुल्ला गरेको थियो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।