नेप्से घट्यो, कारोबार रकम भने सामान्य बढ्यो

Feb 03, 2026 03:10 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १२.५८ अंक घटेर २६८३.१५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ८ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ९२ हजार ३३८ पटकको कारोबारमा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँबराबरको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८१ रुपैयाँ बढेर ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एचएलआई लार्ज क्याप फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने मेगाल म्युचुअल फण्ड १ को इकाईमूल्य साढे ५ प्रतिशतभन्दा बढी र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सान्भि इनर्जी र पियोर इनर्जीको शेयरमूल्य यस दिन साढे ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड २९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।