महिला उद्यमी महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई परिसंघको स्वागत

Feb 03, 2026 05:47 PM Merolagani



नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरुलाई बधाई एवं स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

स्वदेशी उत्पादनहरुको उपभोग बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउँदै उनले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको बताए । उनले परिसंघ र महिला उद्यमी महासंघबीच गहन रुपमा सहकार्य हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताइन् । उनले महासंघ परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताइन् । सो अवसरमा सहकार्यका क्षेत्रलगायतका विषयमा छलफल भएकाे थियाे । कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।