आम्दानी बढेपछि कालिञ्चोक दर्शनकाे नाफा बढ्याे

Feb 04, 2026 06:18 AM Merolagani



कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीकाे खुद नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा बढेकाे छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। याे गत आर्थिक वर्षकाे साेही अवधिकाे तुलनामा १५२.६८ प्रतिशत बढी हाे। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।

आम्दानी बढेसँगै कम्पनीकाे खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी ३ कराेड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी २ कराेड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा १ कराेड २ लाख रूपैयाँबाट बढेर १ कराेड ४९ लाख रूपैयाँ पुगेकाे छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।