विद्युत बिक्री आम्दानी बढेपनि घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो

Feb 10, 2026 06:59 AM Merolagani



घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

विद्युत बिक्री आम्दानी सामान्य बढेपनि खर्च बढेका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको अन्य आम्दानी २ करोड २५ लाख रुपैयाँबाट घटेर २१ लाख ९१ हजार रुपैयाँमा सीमित भएसँगै कुल आम्दानी ८ करोड ९९ लाख रुपैयाँबाट घटेर ७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ८ करोड ६० लाख रुपैयाँबाट बढेर ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ। जसका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो।

१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ६५ पैसा रहेको छ।