अघिल्लो कारोबार दिन अर्थात सोमबार २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३० अंक घटेर २६७१.०८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५९ स्टकको १२७ पटकको कारोबारमा ७४ लाख ५ हजार ८६७ रुपैयाँ ९० पैसाबराबरको २४ हजार ३१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।