तामाकोशी नदीमा खस्यो बस

Feb 10, 2026 11:56 AM merolagani



काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो ।

प्रदेश ३ ०१-००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको प्रहरीले जानकारी दिएकाे छ ।

बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।