Tue, Feb 10, 2026
रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन् । डुंगामार्फत उद्धारकार्य जारी छ ।
०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् ।
अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी नयाँ घटाइएको मूल्य सार्वजनिक गरेको हो ।